एक वर्षमा भयो १ खर्ब बेरुजु, १७ अर्ब हिनामिना !


 


काठमाडौं, वैशाख १६
यो वर्ष विभिन्न मन्त्रालयमा १ खर्ब ९ अर्ब ६ करोड बेरुजु भएको छ । महालेखा परीक्षणले बेरुजु रकममध्ये १७ अर्ब २५ करोड ९५ लाख हिनामिना भएको ठहर गरेको छ । महालेखाले विभिन्न मन्त्रालय र मातहतका निकायमा ४६ खर्ब ८७ अर्ब ९१ करोड रुपैयाँको लेखापरीक्षण गरेको थियो ।

१० मन्त्रालय र अन्तर्गतका निकायबाट मात्र १४ अर्ब ४२ करोड ५४ लाख असुल गर्न महालेखाले भनेको छ । बाँकी विभिन्न समिति र संंस्थाबाट २ अर्ब ८३ करोड ४१ लाख असुलउपर हुनुपर्ने औँल्याएको छ । नयाँ पत्रिकामा खबर छ ।

कुल बेरुजु रकममध्ये कर्मचारीले पेस्कीका रूपमा लिएका, तर फस्र्योट नभएको रकम २ अर्ब ६९ करोड १० लाख रुपैयाँ छ । सबैभन्दा बढी भौतिक पूर्वाधार यातायात मन्त्रालयको मात्रै २१ अर्ब बेरुजु देखिएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्