बिहेको एक हप्ताअघि टुट्यो जोन सेना र निकीको ६ वर्षको सम्बन्ध


 


डब्लु डब्लु ई रेस्लिङको एक चर्चित जोडबीचको ६ वर्षको प्रेम सम्बन्ध विवाहमा परिणत हुन एक हप्ताअघि टुटेको छ । रेस्लर जोन सेना र निक्की बेलाबीच बिहे हुन एक हप्ताअघि टुग्न पुगेको हो ।

२०१२ को रेसलमेनिया ३३ मा जोन सेनाले निकी बेलालाई रिङमै प्रपोज गरेका थिए । यसले यो जाडीका फ्यानलाई दुखित तुल्याएको छ ।
यो जोडीको निकै राम्रो सम्बन्ध के कारणले टुट्न पुग्यो भन्ने बारे खुलेको छैन । ४० वर्षीय जोन र ३४ वर्षीया निकीका लागि यो फैसलाले निकै मुस्किल बनाएको छ ।

निकी र जोनबीच इङ्गेजमन्ट भइसकेको थियो भने ५ मे मा औपचारिक रुपमा बिहे गर्ने तयारी थियो । तर, यो जोडीको बिहेको केही दिनअघि मात्रै भएको ब्रेकअपले सबैलाई अचम्मित बनाएको छ ।

प्रकाशित मिति: १५ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्