प्रधानमन्त्री ओलीलाई डाक्टरको सुझावः हात नमिलाउनु, नमस्कारबाटै काम चलाउनु


 


काठमाडौं, वैशाख १५
चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।

चिकित्सकहरुले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन सुझाव दिएको छन् । नयाँ पत्रिकामा खबर छ ।

दैनिक हुने भेटघाट र कार्यक्रमको भिडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको निजी चिकित्सक डा. दिलीप शर्माले बताए ।

भेट्न आउने व्यक्तिमा रुघाखोकी लागेको भए मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा सहजै सर्ने भएकाल प्रधानमन्त्री ओलीलाई हात नमिलाउन पनि सुझाव दिइएको छ । साथै चिकित्सकहरुले ८ घन्टा अनिवार्य सुत्न प्रधानमन्त्रीलाई सुझाबसमेत दिएको छ ।

 

प्रकाशित मिति: १५ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्