रोटीले चम्काउँछ तपाईको भाग्य (हेर्नुहोस् टिप्स)


 


अधिकांश मानिस आफ्नो असफलतामा लागि भाग्यलाई दोष दिन्छन । कतिपय त भाग्न सम्झेर रुन्छन् पनि । यदि तपाई पनि भाग्य विग्रेको भनेर चिन्तित हुनुहुन्छ भने चिन्ता नलिनुस् । हामी तपाईलाई रोटीबाटै भाग्य चम्काउने उपाय दिँदैछौ ।

विहान खाना बनाउने बेला बनाएको रोटी मध्ये एउटा छुट्टै निकाल्नुस् । ख्याल गर्नुस् त्यो रोटी अन्य रोटी भन्दा केही ठूलो आकारको हुनुपर्छ, ताकि यसलाई ४ टुक्रा पार्न सकियोस् ।

रोटीको पहिलो टुक्रा गाईलाई खान दिनुस् र मेरा सबै समस्या समाधान होस् भनेर भगवानको प्रार्थन गर्नुस् । धर्म ग्रन्थ अनुसार गाइमा सबै देवताको बास हुन्छ यसै कारण गाईलार्य नै पहिलो रोटी खुवाउनु पर्छ ।

त्यसैगरी दोस्रो टुक्रा कुकुरलाई खुवाउनुस् । शिव पुराणमा कुकुरलाई रोटी दिने समयमा यमराजकोद्धारमा रहेको कालो रंगको कुकुरलाई अन्न अर्पण गर्दछु भन्नु पर्दछ । यसलाई कुकुर बली भनिन्छ ।

अव रोटीको तेस्रो टुक्रा कागलाई दिनुस् । धर्मशास्त्रमा यसलाई कागबली भनेको छ ।

रोटीको अन्तिम टुक्रा जुन बचेको छ, त्यो भिक्षुलाई दिनु पर्दछ । यही सामान्य प्रक्रिया सँधै गर्ने हो भने तपाईको भाग्य बदलिने छ ।

प्रकाशित मिति: १५ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्