ओली–प्रचण्डबीच बालुवाटारमा दुई घण्टा छलफल, अझै टंगिएन पार्टी एकताको मिति


 


काठमाडौ‌, वैशाख १५
प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार साँझ दुई घण्टा लामो भेटवार्ता भएको छ ।

छलफलका क्रममा पार्टी एकताको विषयमा दुई नेताबीच छलफलभएको प्रचण्डका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए । उनकाअनुसार दुई घण्टाको लामो छलफलका बीच पनि पार्टी एकताको टुंगो लाग्न सकेन ।

यसअघि कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन वैशाख ९ गते दुई पार्टी एकता गर्ने घोषणा गरिएपनि नेता व्यवस्थापनमा समस्या देखिएपछि एकता रोकिएको थियो ।

पछिल्लोपटक दाहालले पार्टी एकतापछि आफ्नो भूमिका स्पष्ट हुनुपर्ने अडान राख्दै आएका छन । ओलीसँगको वार्तापछि माओवादी केन्द्रका अध्यक्ष दाहालले अब एकताप्रक्रिया अन्तिममा पुगेको बताएका छन् ।

प्रकाशित मिति: १५ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्