निर्देशन नमान्ने कर्मचारीप्रति कडा बन्दै मन्त्री लालबाबु, दिए यस्तो व्यंग्यात्मक सुझाव


 


भैरहवा, वैशाख १५
तोकिएको ठाउँमा काम गर्न नजाने कर्मचारीप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कडा बन्दै गएका छन् । मन्त्री पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजीनामा दिएर निजी व्यवसाय शुरु गर्न सुझाव दिए ।

लुम्बिनी प्रेस क्लबले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्रसेवक नै नभएको बताए ।

मन्त्री पण्डितले अझै पनि यही वैशाख १८ गतेसम्म कर्मचारीलाई १५ ठाउँ रोज्ने अवसर दिइएको जानकारी दिए ।

प्रकाशित मिति: १५ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्