झिसमिसेमा प्रचण्ड पुगे प्रधानमन्त्री निवास, के विषयमा भयो छलफल ?


 


काठमाडौँ, वैशाख १४
प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा पार्टी एकताका बिषयमा छलफल भएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच एक्लाएक्लै भएको वार्तामा पार्टी एकतामा मिल्न बाँकी विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

एमाले र माओवादी केन्द्रबीच यही वैशाख ९ गते पार्टी एकीकरण हुने भनिए पनि अन्ततः केही विषय मिल्न बाँकी भन्दै उक्त दिन पार्टी एकता घोषणा हुन सकेन । त्यसपछि दुवै अध्यक्षबीच आज पहिलो पटक भेटवार्ता भएको हो । रासस

प्रकाशित मिति: १४ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्