सुनसरीका विभिन्न क्षेत्र दंगाग्रस्त, सेना परिचालन


 


इटहरी, भदाै २४

प्रदर्शनकारीले हतियारसहित सडकमा उत्रिएपछि सुनसरीका विभिन्न स्थानमा दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ। कोशी ब्यारेजदेखि इटहरीसम्म र दुहबीको बुडिखोलादेखि इटहरीसम्मको क्षेत्र दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो।

दंगाग्रस्त क्षेत्र घोषणा भएसँगै सेना परिचालन गरिएको छ। ‘प्रदर्शनकारीहरु घरेलु हतियारसहित सडक उत्रिएपछि दंगाग्रस्त क्षेत्र घोषणा गर्नुपरेको हो,’ सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भने, ‘दंगाग्रस्त क्षेत्रमा सेना परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।’

प्रकाशित मिति: २५ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्