प्रदेश नं ५ को प्रदेश सभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुने


 


रूपन्देही, १४ वैशाख
प्रदेश नं ५ को प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ ।

वैशाख २१ गतेका लागि तोकिएको प्रदेशसभा अकस्मात प्रदेश सरकारको चाहनाअनुरूप आइतबार बस्न लागेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालयले जनाएको छ ।

“देशको प्रमुखबाट प्रदेश सरकारले सम्बोधनको चाहना राखेकाले सम्बोधन हुन लागेको हो” प्रदेश नं ५ को प्रदेशसभाका सचिव डा मानबहादुर विकेले भन्नुभयो ।

उहाँले सो प्रदेशसभा बैठकमा १६ गते बिहान ९ बजे उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्