एक अपरिचित व्यक्तिले चलाए चर्चमा अन्धाधुन्ध गोली


 


नाइजेरिया, वैशाख १४

नाइजेरियाको मध्य उत्तरी क्षेत्रस्थित बेन्यु राज्यमा रहेको एक चर्चमा अपरिचित एक बन्दूकधारीले प्रार्थनाका लागि चर्चमा रहेको एक समूहमाथि अन्धाधुन्ध चलाउँदा कम्तिमा सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक सशस्त्र व्यक्ति चर्चमा पसी चलाएको गोली लागि सात जनाको मृत्यु भएको र अन्य केही घाइते भएका प्रहरीले जनाएको छ । तर प्रहरीले घाइतेको सङ्ख्या एकीन भैनसकेको जनाएको छ ।

स्थानीयबासीले घटनामा अन्य नाइजेरियाली आक्रमणमा जस्तै चौपाया लुट्न सक्रिय एक समूहको योजना अन्तर्गत उक्त व्यक्तिले गोली चलाएको हुनसक्ने आशङ्का गरेका छन् । रासस÷सिन्ह्वा

प्रकाशित मिति: १४ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्