पाँच हजार प्रहरी जवानको एकैसाथ सरुवा, कसको सरुवा कहाँ ? (हेर्नुहोस् सबैको विवरण)


 


काठमाडौं, बैशाख १४
प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै पाँच हजार बढी प्रहरी जवानहरुको सरुवा गरिएको छ ।

लामो समयदेखि एकै ठाउँमा बस्दै आएका, आकर्षक ठाउँ जान नपाएका प्रहरी जवानहरुलाई आवश्यकता अनुसार सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार यसरी सरुवा हुनेहरुको संख्य पाँच हजार ३९ जना रहेको छ ।

ठूलो संख्यामा रहेका प्रहरी जवानहरु एकै ठाउँमा हुँदा मनोबल उच्च हुन नसकेको खनालको निष्कर्ष छ । कतिपय जवानहरु बर्षाेदेखि आकर्षक ठाउँमा हुने र अधिकांश जवानहरुको एक पटक पनि सरुवा नहुने प्रहरीभित्र पुरानो रोग रहँदै आएको छ ।

तर खनाल प्रहरी प्रमुखमा नियुक्त भएसँगै सबै प्रहरीलाई समान व्यवहार गर्ने बताएका थिए । र, धेरै संख्यामा रहेका प्रहरी जवान र हवल्दारको मनोबल बढाउने बताएका थिए ।

यसअघि प्रहरी जवान हवल्दारमा बढुवा भएका थिए भने फेरी प्रहरी जवानको सरुवा गरिएको हो । जसका कारण प्रहरीमा खुसीको संचार पैदा भएको छ ।

हेर्नुहोस् सरुवा सूची

हेर्नुहोस् सरुवा सूची

हेर्नुहोस् सरुवा सूची

हेर्नुहोस् सरुवा सूची

हेर्नुहोस् सरुवा सूची

हेर्नुहोस् सरुवा सूची

प्रकाशित मिति: १४ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्