नेपाली युवालाई अब चीन बेइजिङ लगेर तालिम दिने


 


काठमाडौं, वैशाख १४
छिमेकी देश चीनले नेपाली युवालाई तालिम दिने घोषणा गरेको छ । उत्तरी छिमेकी चीनले यस्तो घोषणा गरेको हो ।

विहीबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाली युवालाई चीन लगेर तालिम दिने घोषणा गरेकी हुन्। नागरिकमा खबर छ ।

नेपालमा बाँसबाट उत्पादित सामग्री प्रयोगमा ल्याउन चीनले आवश्यक प्राविधिक तालिम दिने राजदूत होङले बताइन्। ‘चीनमा बाँसबाट उत्पादित खाट, कुर्सी, टेबल र सजावटका सामग्री धेरै नै लोकप्रिय छन्’, उनले भनिन्– ‘ती सामग्री निर्माणको तालिम दिन नेपाली युवालाई चीन लैजाने हाम्रो योजना छ। छिट्टै यो योजना कार्यान्वयन हुन्छ।’

मन्त्री बस्नेतले नेपाल चीनसँग उर्जा, जडिबुटी, वन÷वातावरण लगायत क्षेत्रमा थप सहकार्यका लागि तयार रहेको समेत स्पष्ट पारेका थिए। जवाफमा राजदूत योङले असल छिमेकीका नाताले नेपालको आर्थिक विकास र समृद्धिको योजनामा साथ दिन चीन सदैव तत्पर रहेको प्रतिबद्धता जनाइन्।

 

प्रकाशित मिति: १४ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्