अब स्वागतका नाममा विद्यार्थीलाई लामबद्ध गराउन नपाइने


 


काठमाडौँ, १३ वैशाख

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुमा स्वागतमा नाममा परम्परागत रुपमा गरिने फूलमाला र विद्यार्थीलाई लाइन लगाउनेजस्ता संस्कारहरु नगराउन निर्देशन दिनुभएको छ ।

मन्त्री पोखरेल बुधबार गोरखाको पालुङटारस्थित अमरज्योति जनता मावि लुईंटेल पुग्दा विद्यार्थीहरुको लाइन देखेपछि अन्यन्त्रका विद्यालयमा पनि त्यस्तो कार्य नगर्न/नगराउन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलमार्फत निर्देशन दिनुभएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।  रासस

प्रकाशित मिति: १३ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्