कांग्रेस उपसभापतिमा दुई नेताको रस्साकस्सी, निधि हेरेको हेरै


 


काठमाडौँ, वैशाख १३
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले आज उपसभापतिमा दाबी गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आज नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनुपर्ने माग गर्नुभयो ।

बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिनुभएको बताउनुभयो ।

गच्छदारअघि बोल्नुभएका नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दावी पेश गर्नुभएको थियो । समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ ।

बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उपसभापतिका लागि विमलेन्द्र निधिको पनि दाबी छ । तर पछिल्लो समय निधि कांग्रेसभित्र कमजोर बन्दै गएको विश्लेषण गरिदै आएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्