कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, वैशाख १३
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५९ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । सुन हिजो मात्रै तोलामा दुई सय रुपैयाँले वृद्धि भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटबढ भएको छैन । आज पनि चाँदी प्रतितोलास सात सय ६५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदीको मूल्य दुई दिनदेखि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्