अनेरास्ववियु अध्यक्ष लामा आज विवाह बन्धनमा बाँधिदै, सामाजिक सञ्चालबाट पनि दिइन् निमन्त्रणा


 


काठमाडौँ, वैशाख १३
नेकपा एमालेकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामा आज विवाह बन्धनमा बाँधिदै छिन् । अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग उनी लगनगाँठो कस्न लागेकी हुन् ।

लामा र श्रेष्ठबीचको लामो प्रेम सम्बन्ध अन्ततः विवाहमा परिणत भएको हो । विवाहमा प्रमुख अतिथीका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भएका छन्। आर्मी अफिसर्स क्लबमा हुने विवाहको सम्पूर्ण व्यवस्थापन अनेरास्ववियुले नै गरेको छ।

विवाह बन्धनमा बाँधिन लागेकी नविनाले निमन्त्रणा कार्डमार्फत निम्तो नपुगेका व्यक्तिहरुलाई फेसबुकबाट पनि विवाह समारोहमा उपस्थितिका लागि अनुरोध गरेकी छन् । उनले आफन्तजन, नेता कार्यकर्ता, पत्रकार, शुभेच्छुकलगायतलाई निम्तो दिएकी छन् ।

प्रकाशित मिति: १३ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्