पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको स्मृति दिवस


 


काठमाडौं, वैशाख १३
नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति आज १९औँ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विक्रम संवत् १९७८ सालमा काठमाडौंमा जन्मनुभएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।

२०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका मनमोहन अधिकारी आफ्नो गाउँ आफै बनाउँ र बृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बनेका थिए । उनी नेतृत्वको ९ महिने सरकारले कमाएको लोकप्रियता अहिलेसम्म पनि छ ।

पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै राजनीतिमा सक्रिय अधिकारी ‘भारत छोड’ आन्दोलनको क्रममा बनारसमै जेल परेका थिए ।

२००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्वसमेत उनले सम्हालेका थिए । लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए ।

 

प्रकाशित मिति: १३ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्