भोजपुरमा भिरबाट लडेर एक जनाको ज्यान गयो


 


भोजपुर बैशाख १२
भोजपुरको षडानन्द नगरपालिकामा भिरवाट लडेर एक जनाको ज्यान गएको छ । षडानन्द नगरपालिकाका स्थानीय ५० वर्षीय टेक बहादुर जोगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जोगीको षडानन्द नगरपालिका– १४ स्थित खत्री गाउँको सिरिसे भिरबाट दुई सय मिटर तल झरी मृत्यु भएको प्रहरीको भनाई छ ।

जोगी यही नगरपालिकाको झ्याउँपोखरीमा डकर्मी तालिमको लागि ९ गते घरबाट निस्किएका थिए ।

तलिम सकेर घर फर्केका जोगी घरमा आइनपुगेपछि खोजी गर्दा मंगलवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय दिङलाको टोली पुगी आवश्यक कानुनी प्रक्रिया पुरागरी शवलाई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानाएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्