सुनको मूल्य पुनः बढ्यो, कति पुग्यो ?


 


काठमाडौं, वैशाख १२
बजारमा सुनको मूल्य आज फेरि उकालो लागेको छ । आज सुन तोलामा दुई सय बढ्दै प्रतितोला ५९ हजार रुपैयाँ पुगेको छ । हिजो मंगलबार मात्रै सुन प्रतितोला ५९ हजार रुपैयाँबाट दुई सय रुपैयाँ घटेर ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी सात सय ६५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्