भत्किएको धरहरामा प्रधानमन्त्री अाेली, गरे नयाँ प्रतिबद्धता


 


काठमाडौं, वैशाख १२
नेपालमा झण्डै ९ हजार मानिसको ज्यान जाने गरि बिनाशकारी भूकम्प गएको आज तीन वर्ष पुगेको छ । सोही दिनको सम्झनामा आज विविध कार्यक्रम गरिदैछन् ।

यसैक्रमका आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरा परिसरमा कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले तीन वर्ष अघि बनेको धरहराको पुनर्निर्माण छिटै गरिने बताएका छन् । उनले ‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा’ सबै नेपालीको नारा बन्नुपर्ने बताए ।

मै बनाउँछु मेरो धरहरा भन्ने अभियानलाई सार्थक पार्ने उनले बताए । भूकम्पपछि जस्तो थियो अहिले पनि त्यस्तै रहेको भन्दै प्रधानमन्त्री ओलीले यथासक्य चाँडो बनाउन अब सरकार लाग्ने बताए । उनले काष्ठमाण्डप, धरहरा, बसन्तपुर, रानीपोखरी जस्ता ऐतिहासिक, धार्मिक सम्पताको पुननिर्माण जतिसक्दो चाँडो बनाइने प्रतिबद्धता जनाए ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो काठमाडौं दरवार परिसरको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: १२ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्