एक युवा समाजसेवीले लिए १० जना विद्यार्थीलार्इ पढाउने जिम्मा


 


मोरङ, वैशाख १२
मोरङको उर्लाबारी–९ का युवा समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीलाई पढाउने जिम्मा लिएका छन् ।

सामुदायिक विद्यालयमा उत्साहका साथ विद्यार्थी भर्ना अभियान चलिरहेको बेला उनले त्यसमा सहयोग पुर्याउँदै १० जना विद्यार्थीको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च ब्योहोर्नु जिम्मेवारी लिएका हुन् ।

स्थानीय प्रभात निमाविमा अध्ययनरत कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै पठनपाठनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा श्रेष्ठले लिए । मंगलबार विद्यालयमा भएको अभिभावक शिक्षकको भेलामा श्रेष्ठले विद्यार्थीको पठनपाठनमा लाग्ने लत्ताकपडा, झोला, शैक्षिक सामग्रीलगायत सम्पूर्ण खर्च ब्योहोर्ने बताए ।

पठनपाठनमा मन भएका तर विपन्न परिवारका विद्यार्थीलाई आफूले सहयोग गरेको श्रेष्ठले बताए ।

चापागाईका अनुसार यसरी छात्रवृत्ति पाउने विद्यार्थीमा गोपाल थापा, स्नेहा श्रेष्ठ, भूमिका खतिवडा, ओसिन मारा पाँचे, अंकित श्रेष्ठ, सुमित लिम्बू, पूर्णमाया खड्का, सजना लिम्बू, सुविना लिम्बू र नैनकला अधिकारी छन् ।

उनीहरुको वर्षभरिमा अध्ययनमा कति खर्च लाग्छ, त्यसको खाका श्रेष्ठलाई बुझाउने र श्रेष्ठले सोहीअनुरुप सहयोग गर्ने विद्यालयका अध्यक्ष रुद्र सुब्बाले बताए । रासस

प्रकाशित मिति: १२ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्