पार्टी एकताको मिति तोक्न पनि मिति ! यस्तो छ दुई अध्यक्षको सहमति


 


चितवन, वैशाख १२
नेकपा एमाले र माओबादी केन्द्रले पार्टी एकताको मिति तोक्न पनि अर्को मिति तोकेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताको मिति घोषणा गरेका हुन् । भरतपुर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले वैशाख १४ गते पार्टी घोषणाको मिति तोकिने बताए । ‘एमाले–माओवादीका दुवै अध्यक्षले मिलेर १४ गते मिति तोक्ने सम्झदारी भएको छ’ उनले भने, ‘पर्याप्त समय निकाल्न नसक्दा एकता प्रक्रिया ढिलो भएको हो ।’

वैशाख महिनाभित्रै पार्टी एकता हुने प्रचण्डकोे दाबी छ । उहाले हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा एकता प्रक्रियामा ढिलाई भएको स्विकार गरे ।

 

प्रकाशित मिति: १२ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्