बालकमाथि अप्राकृतिक यौन शोषण, भारतीय पक्राउ


 


पर्सा, वैशाख १२
पर्साको ठोरी गाउँपालिकामा १२ बर्षीय एक बालमाथि अप्राकृतिक रुपमा याैन शोषण गरेको आरोपमा एक भारतीय पक्राउ परेका छन् ।

बालकसँग जबर्जस्ती यौनजन्य क्रियाकलाप गरेको अभियोग लगाउँदै प्रहरीले पश्चिम चम्पराण गौनहा ५ घर भएका २९ बर्षीय अभिजित नन्दी पक्राउ परेका हुन् । नागरिकमा खबर छ ।

अभियुक्त अभिजितलाई बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

प्रकाशित मिति: १२ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्