विश्वकै दुर्लभ गिद्धको गुँड भेटियो


 


दाङ, वैशाख १२
विश्वकै दुर्लभ गिद्ध मानिएको गिद्धको गुड दाङमा भेटिएको छ । लोपोन्मुख सानो खैरो प्रजातिको गिद्ध पहिलोपटक बच्चा हुर्काउदै गरेको भेटिएको छ ।

घोराही उपमहानगरपालीका वडा नं. १ को रामपुरबुकामा यसको गुड भेटिएको हो । नेपाल समाचापत्रमा खबर छ । बुकामा रहेको चरिङेताल जाने बाटोमा रहेको एउटा ठूलो साजको रुखमा २ वटा सानो खैरो गिद्धको गुडमा सानो खैरो गिद्धले बच्चा हुकाइरहेको भेटिएको छ।

दाङ उपत्यकामै पहिलोपटक गिद्धमा विधावारिधि गरिरहेका षडानन्द पौडेल र वन विज्ञान अध्ययन गर्दै गरेका सुमन घिमिरेले दाङमा पहिलोपटक गुड भेटाएका हुन् ।

विश्व पंक्षी संरक्षण संघले यो गिद्धलाई अतिसंकटापन्न अवस्थामा रहेको प्रजातिको रुपमा राखेको छ ।

दाङमा भेटिएका दुइवटा गुडमध्ये एउटामा बच्चा उड्ने तयारीमा रहेको र अर्कोमा बच्चा सानो नै भएकाले बच्चा हुर्कन अझै केही महिना लाग्ने दाङमा गिद्ध संरक्षण गर्दै आएको संस्था पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिए ।

यो क्षेत्रमा गिद्धले असोजदेखि गुड बनाउन शुरु गरी जेठ महिनासम्म बच्चा उडाउने गर्छ । गिद्धले एक सिजनमा एउटा मात्र बच्चा निकाल्ने गरको छ ।

मरेका जनावर र कुहिएका सिनो खाने भएकाले गिद्धलाई प्राकृतिक कुचिकार भनिन्छ । पछिल्लो समयमा यसको संख्या ९९ प्रतिशतसम्म घटेपछि संरक्षणको अभियान पनि सँगसँगै थालिएको छ ।

मरेका जनावर र कुहिएका सिनो खाने भएकाले गिद्धलाई प्राकृतिक कुचिकार भनिन्छ । पछिल्लो समयमा यसको संख्या ९९ प्रतिशतसम्म घटेको छ ।

प्रकाशित मिति: १२ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्