प्रदेश नम्बर २ मा सांसदलाई १०/१० लाख रुपैयाँ


 


जनकपुर, वैशाख १२
प्रदेश २ को सरकारले चालू आर्थिक वर्षको बजेट प्रस्तु्त गर्दै संसद विकास कोष अन्तर्गत १०÷१० लाख रुपैयाँ छुट्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले मंगलबार चालू आर्थिक वर्षको बाँकी अवधिका लागि १ अर्ब २ करोड ५७ लाखको बजेट प्रस्तुत गरेका छन् ।

बजेटमा संसद विकास कोष अन्र्तरगत प्रत्येक सांसदलाई १०÷१० लाख रुपैयाँको दरले उपलब्ध गराउने उल्लेख गरिएको छ । त्यस्तै, मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’का लागि ८० लाख बजेट छुट्याइएको छ ।

त्यस्तै कृषि क्षेत्रमा ९ करोड र मुख्यमन्त्री राहत कोषको लागि २ करोड बजेट बिनियोजन गरिएको छ । बजेट प्रस्तुत भएपनि यस विषयमा संसदमा छलफल अघि बढेको छ ।

प्रकाशित मिति: १२ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्