अब उपत्यकाको छ स्थानबाट पुलिस रिपोर्ट लिन पाइने, हेर्नुहोस् रिपोर्ट लिने ठाउँ


 


काठमाडौँ, ११ वैशाख
नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिने सेवाको विस्तार गरेको छ ।

विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई आजदेखि दुई स्थानमा थप गरी सेवा विस्तार गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज नेउपानेले उपत्यकाको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर, ललितपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट प्रदान गर्दै आएकामा महानगरीय प्रहरी वृत्त गौशाला र कालीमाटी थप गरिएको जानकारी दिनुभयो । “सेवाग्राहीलाई सहजरुपमा सेवा दिनका लागि प्रहरी रिपोर्ट दिने स्थान बढाएका हौँ”, उहाँले भन्नुभयो ।

यस्तै प्रहरीले उपत्यका बाहिर १ नं प्रदेश कार्यालय विराटनगर, ३ नं प्रदेश कार्यालय हेटौँडा, ४ नं प्रदेश कार्यालय पोखरा, संघीय प्रहरी इकाइ कार्यालय भेरी र संघीय प्रहरी इकाइ कार्यालय सेतीबाट सेवा दिँदै आएको छ ।

विदेशमा रहने नेपालीले भने नेपाल प्रहरीको उयष्अिभचभउयचत२लभउबउियष्अिभ।नयख।लउ मा आवश्यक कागजातसहित आवेदन दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्