धरानमा गोली चल्यो, कुम्बे राई पक्राउ


 


बैशाख,११  मंगलबार दिउँसो धरान–१५ स्थित श्यामचोकमा र पानबारीको बीचमा रहेको जंगलमा प्रहरीले धरानमा फरार अभियुक्तलाई पक्राउ गर्न एक राउण्ड गोली चलाएको छ ।प्रहरीले गोली चलाएर कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षीय कुम्बे राईलाई गरेको हो ।

उनलाई लखेट्दै गएको प्रहरी टोलीलाई राईले ढुंगा प्रहार गर्न थालेपछि एक राउण्ड फायर गरिएको जिल्ला प्रहरी कार्यालय, धरानले जानकारी दिएको छ ।राईले सोमबार साँझ पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गरेका विद्यार्थी सुजन खड्का र प्रदीप सापकोटालाई छुरा प्रहार गरेका थिए ।

राईका समूहमा संलग्न रहेका कुमार र विज्ञान लिम्बु सोमबारै पक्राउ परेका थिए।उनीहरुमाथि ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाइएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्