रौतहटमा गाईको मासु सहित १ जनालाई शसत्र प्रहरी द्वरा पक्राउ


 


अमित ठाकुर,बैशाख ११

रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको बन्जरहा टोलबाट गाईको मासु सहित १ जनालाई शस्त्र प्रहरीले पक्राउ गरेका छन।

राष्ट्रिय जनावर गाईको मासु भारत बिहारको बलुवाबाट नेपालको बोर्डर बन्जरहा रुठ हुँदै ल्याई रहेको बिशेष सुराकीको अधारमा शसत्र प्रहरी बल हजमिनिया रौतहटबाट गएकोटोलीले आज बिहान ईशनाथ नगरपालिकाका बन्जरहा टोलबाट गढीमाई नगरपालिका ३ गमहरीया बस्ने शेख तवारखको २८ बर्षीय छोरा शेख तुफैललाई १२ किलो गाईको मासु सहित शसत्र  प्रहरीले पक्राउ गरेका छन।

पक्राउ परेका शेख तुफैल र मासु शसत्र प्रहरी बल हजमिनिया ल्याई पत्रकार समेलन गरि मासुलाई खाल्डो खनि नष्ट गरेका छन भने शेख तुफैललाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेललाई जिम्मा लगाईएको शसत्र प्रहरी उपरीक्षक प्रेम राज पोखरेलले जनाएको छ।

प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्