राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्प कँडेल नियुक्त


 


काठमाडौं, वैशाख ११
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले कँडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

कँडेल एमाले केन्द्रिय लेखापरीक्षण आयोगका अध्यक्ष थिए । सरकार गठन भएको झण्डै तीन महिनापछि कँडेललाई सरकारले आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

कँडेल २०७४ सालको प्रतिनिधि सभाको समानुपातिक सांसदको सूचीमा समेत थिए । त्यही सूचीका कारण नियुक्तिमा ढिलाई भएको स्रोतको भनाइ छ ।

२०१२ साल भदौ १५ गते धादिङ जिल्ला बेनिघाट १, रिचोकटारमा जन्मिएका कँडेलले दिल्ली स्कूल अफ इकोनोमिक्सबाट कर्पोरेट ट्याक्सेसन एण्ड इनभेष्टमेन्ट बिहेवियर इन नेपाल विषयमा विद्यावारिधी गरेका हुन् ।

अर्थविद रहेका कँडेलले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।

प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्