दलित बालिकाका अभिभावक बने समाजसेवी बस्नेत


 


उदयपुर,वैशाख ११

अहिले देशका विभिन्न विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको र कतिपय गरीब, असहाय विद्यार्थीको अभिभावक प्रधानमन्त्रीदेखि मुख्यमन्त्री समेत बनिरहेको बेला उदयपुरको जिल्लाको त्रियुगा नगरपालिका–३,मोतिगडा का ६३ वर्षीय  समाजसेवी ज्ञानबहादुर  बस्नेत पनि त्रियुगा नगरपालिका–४ बगाहाकी ५ वर्षीया दलित बालिका दुर्गा परियारको अभिभावक बनेका छन् ।

घरपरिवारको आर्थिक अवस्था कमजोर रहेको र घरको परिवारले अभिभावकत्व दिन नसक्ने अवस्था देखेपछि बस्नेत आफैंले बगाहास्थित शिवशक्ति आधारभूत विद्यालयमा बालिका दुर्गा परियारलाई भर्ना गरी अभिभावक बनेका छन,अभिभावक बनेपछि बस्नेतले दुर्गालाई स्कूल ड्रेस र पाठ्यपुस्तक प्रदान गर्दै बालिका ले पडदै गयमा आफूले उच्च शिक्षा सम्म पनि पढाइदिने प्रतिबद्धतासमेत समाजसेवी बस्नेतले गरेका छन् ।

म दुर्गा जस्ता गरीब असहाय र दलित विद्यार्थीको अभिभावक बन्न पाएकोमा गौरव महसुस गरेको र आफूबाट उनको पढाइमा लाग्ने खर्च सहित अन्य कुनैपनि आवश्यक वस्तुमा कमी हुन नदिने प्रतिबद्धता समेत बस्नेतले गरेका छन् ।

प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्