सर्वेन्द्र खनालले संगठनमा छ हजारको सरुवा १६००सय भन्दा बढीको बढुवा गर्न निर्देशन


 


काठमाडौं  वैशाख  ११  – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनमा लामो समय देखि सुविधासम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका लामो समयदेखि तल्लो तहमा रोकिएको बढुवा समेतको फाइल उठाउन निर्देशन दिएपछिजवानदेखि अधिकृतहरूको नामावली संकलन कर्मचारी प्रशासन महाशाखाले तयारी तीव्र पारेका छन् ।

तत्कालीन प्रहरी महानिरीक्षकहरू उपेन्द्रकान्त अर्याल, र प्रकाश अर्याल ले तीन वर्ष देखि तल्लो तहको बढुवा रोकेकाले खनालले सरुवा र बढुवा एकैपटक अघि बढाउन निर्देशन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयले एकैपटक जवानदेखि अधिकृतसम्म गरी छ हजारको सरुवा १६०० सय भन्दा  बढीको बढुवा गर्न लागेको छ ।

प्रहरी प्रधान कार्यालयका कमाइ हुने विभिन्न इकाइमा लामो समयदेखि बस्दै आएका जुनियर तथा सिनियर प्रहरी अधिकृतको सरुवाको तयारी गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्