अब कसको सिन्डिकेट तोड्दैछन् यातायातमन्त्री महासेठ ? गरे यस्तो घोषणा


 


काठमाडौँ, वैशाख ११
समितिमार्फत देशभर सिन्डिकेटको जालो फैलाएका बस व्यवसायीहरुको सिन्डिकेट तोडेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले अब ट्याक्सीको सिन्डिकेट तोड्ने घोषणा गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने बसको सिण्डिकेट हटाएपछि अब ट्याक्सीको पालो भएको बताए । अन्नपूर्णमा खबर छ ।

उनले भने, ‘धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होइन, हामीले त कार्यान्वयन गराएका हौँ, सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको हो’, ‘हामीले कार्यान्वयन गरेका छौँ, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्र्तगर्त व्यवस्थित गर्छौँ ।’

मन्त्री महासेठले आफूहरूले यातायात क्षेत्रमा पैदा भएका सबैखाले विकृति र विसंगतिहरुलाई हटाएको दाबी गरे । उनले आफू व्यवसायीहरूलाई सुविधा दिन तयार रहेको बताए ।

सिण्डिकेट अन्त्य गर्न सबैको साथ र सहयोग रहेकोले अब सरकारले अघि सारेको यो कदमलाई सफल बनाउन काँग्रेस र मधेशवादी दलहरुलेपनि साथ दिनुपर्ने उनको भनाई छ ।

 

प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्