आकाशमै घुम्छन् विमान, आत्तिन्छन् यात्रु


 


काठमाडौं, वैशाख ११
२८ वर्षअघि बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको चाप थेग्न नसक्दा विमानस्थलमा ट्राफिक जामको समस्या बढ्न थालेको छ । टर्मिनल भवन २८ वर्ष पुरानो भइसकेको छ।

२० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको भएपनि सरकारले विकल्प नखोज्दा यस्तो समस्या उत्पन्न भएको हो । नयाँ पत्रिकामा खबर छ ।

०४७ मा भवन बनेपछि यसको विकल्प खोज्नतिर लागियो, न विमानस्थलको विस्तारमा गम्भीर भइयो । त्यसैले एउटा मात्रै धावनमार्गको भरमा दैनिक चार सयभन्दा बढी उडानरअवतरण गर्दा विमानस्थल साँघुरो भएको छ ।

काठमाडौंको हवाई ट्राफिक चाप घटाउने उपाय खोजी गर्दै जाँदा काभ्रेको ठूलीचौरमा पटक–पटक सम्भाव्यता अध्ययन गरिएको छ ।

प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनका अनुसार ठूलीचौरमा एटिआर ७२ क्षमतासम्मका जहाज अट्ने गरी आन्तरिक विमानस्थल बनाउन सक्ने सम्भावना अध्ययनले देखाएको थियो । तर, तत्कालीन सरकारहरूले यसमा चासो देखाएनन् ।

अहिले पनि विमानस्थलबाट आन्तरिक उडान सार्न सक्ने विकल्पका रूपमा ठूलीचौरलाई लिइएको छ । तर, अब विमानस्थल बनाउन थाल्ने हो भने पनि कम्तीमा दुई वर्ष लाग्छ ।

प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्