५० हजार घुससहित वाणिज्य बैंकका प्रबन्धक पक्राउ


 


 

महोत्तरी  वैशाख, १० । राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखामा कार्यरत सहायक प्रबन्धक जगदिश प्रसाद काफ्ले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई कार्यालय बाटै पक्राउ गरेको हो ।

काफ्लेले बर्दिवास ९ को रञ्जना गाई फार्म लाई युवा स्वरोजगार कार्यक्रम मार्फत १० लाख रुपैयाँ ऋण दिने भन्दै सो को ५ प्रतिशत घुस मागेको अख्तियारले जनाएको छ ।यसअघि काफ्ले जिल्ला प्रहरी कार्यालय महोत्तरीले बैंकको सेवाग्राहीको खाताबाट नक्कली चेक बनाई बिभिन्न शाखाबाट ४० लाख रुपैयाँ निकालेको आरोपमा समेत पक्राउ परेका थिए ।

बैंकिङ कसुर गरेको अभियोगमा काफ्ले सहित शाखाका अन्य कार्मचारीहरु माथि मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन रहेको छ ।

प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्