पत्रकारिता को सिण्डिकेट पनि तोडिनुपर्ने…


 


अस्बिन खड्का,उदयपुर,बैसाख १०,

यातायात व्यवसायीको वर्षौंदेखिको एकाधिकार तोड्नका लागि सरकारबाट भएका निर्णयहरूको जनताबाट नै स्वागत गरिरहँदा राज्यको चौथो अंग मानिएको पत्रकारितामा सिण्डिकेटले एकचोटी समग्र देश नै तताएको छ।सो को परिणाम स्वरुप आज आम पत्रकारले अन्तरआत्मा देखि नै यातायात क्षेत्रको सिण्डिकेटको विरुद्धमा कलम चलाउन सकेका छैनन् । अप्ठ्यारो र दुविधाको विचमा रुमल्लिएका पत्रकारहरू गर्नेलाई भन्दा देख्नेलाई लाज भईरहेको छ।

पत्रकारिता आफैमा स्वतन्त्र पेशा हो । हुनुपर्दछ । तर नेपालको पत्रकारिताको सन्दर्भमा स्वतन्त्र पत्रकार पाउन नै मुश्किल बनिसकेको छ । कुनै न कुनै आडम्बरमा आफनो व्यक्तिगत स्वार्थलाई राखेर गरिएको निच पत्रकारिताले समग्र समाजमा नै दुषित हावा फैलाइरहेको छ ।

 

जनता र समाज निर्माणका लागि सम्बन्धित पक्षलाई झक्झकाउने, गलत कार्यलाई निरुत्साहित गर्ने, जनतालाई सहि सुचना प्रवाहित गर्ने मुख्य अभिभारा बोकेको पत्रकारिता क्षेत्र आफैमा दुषित बन्दै गईरहेको छ ।पत्रकारिताको मुख्य मर्मलाई किनारामा राखेर स्वार्थकेन्द्रित गतिविधिको मुख्य अनुयायी बनेको पत्रकारिता एक्काइसौं शताब्दीसम्म आइपुग्दा अराजक, झोले र राजनैतिक दलका नेतृत्वको गुलामीमा परिचित हुँदै आइरहेको छ ।  जुन यथार्थको जन्जालमा हामी आफुलाई एकमात्र सत्यताको प्रतीकको रुपमा उभ्याउन भरमग्दुर प्रयासरत बनिरहेका छौ । जुन नौटंकीे आम सर्वसाधारणका लागि लाजको पसारो बनेको छ ।जिजुबाजे देखिको ब्याजमा हुर्केकाहरुका लागि यो क्षेत्र पनि दुहुनो गाई सिवाय अन्य केहि हुन सकेन ।

 

यस्तो मर्यादित पेशा पत्रकारिता पछिल्लो समय मौखिक पत्रकारिताले गर्दा विकृत बन्दै गएको छ । संस्था तथा कुनै व्यक्तिले कार्यक्रम गर्दैछ वा पत्रकार सम्मेलन गर्छ भने त्यसको सबै जिम्मा कुनै एक पत्रकारलाई दिने गरेको पाइन्छ ।

त्यसरी ठेक्का लिएको पत्रकारले आफ्ना नजिकका पत्रकार बोलाउने र समाचार बनाएर नबोलाएका पत्रकारलाई इमेल गर्ने गरेका छन् । त्यो प्रवृतिले गर्दा सबै मिडियाले समाचार प्रकाशन प्रशारण गर्दैनन् । पत्रकारलाई कुनै आयोजकले सबै मिडियाको फोन नम्बर मागे धेरै जसोले म बोलाइदिन्छु भन्ने र फोन खर्च समेत माग्ने गरेका छन् ।तसर्थ पत्रकार को नाममा लागेको कालो दाग हटाउन को लागी नयाँ आउने पिडी हरु लाई माथी लाउनु आबस्यक छ …पत्रकारिता को सिण्डिकेट पनि तोडिनुपर्नेछ।

प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्