गच्छदारको केन्द्रिय सदस्य बनाउने मा जेलभित्र रहेका गणेश लामा पनी


 


काठमाडौं ,बैशाख १०।

कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउने १५ जनाको सूची तयार पारेका छन् ।

सूचीमा पर्नेमा हाल  थुनामा रहेका गणेश लामा समेत परेका छन् । उनी हतियार तथा खरखजाना ऐनअन्र्तगतको मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । गच्छदारको सूचीमा लामा १३औँ नम्बरमा छन् । उनले पहिलो नम्बरमा आफ्नो नाम राखेका छन् भने दोस्रो नम्बरमा रामजनम चौधरीको नाम राखेका छन् । भारतेन्दु मल्लिक, मोहम्मद नसिर सिद्धिकी, योगेन्द्र चौधरी, महेश कर्मोचा, गोपाल दहित, यशोदाकुमारी लामा, कृष्णप्रसाद दुलाल, शिवकुमार गुल्माछाने, हरिप्रसाद न्यौपाने, जनक चौधरी, गणेश लामा, मंगल थारू र वीरेन्द्र नेपालीलाई क्रमश  राखेका छन् ।

 

प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्