पार्टी एकताः आज पनि दुई दलबीच छलफल हुँदै, माओबादी लचिलो बन्यो


 


काठमाडौं, वैशाख १०
पार्टी एकताका लागि घनिभूत छलफलमा रहेका एमाले र माओवादी केन्द्रका नेताबीच आज पनि छलफल हुँदैछ ।

आज विशेष गरेर पार्टी एकताको नयाँ खाका र विवाद समाधानका विषयमा छलफल हुने जनाइएको छ । नेताहरुको समायोजन र पार्टीको हैसियतका विषयमा छलफल केन्द्रीत रहने बुझिएको छ ।

यसअघि बराबरीको हैसियतमा पार्टी एकताको अडान राख्दै आएको माओबादी केन्द्र लचिलो बनेको बुझिएको छ । अब बराबरीका आधारमा नभई सम्मानजनक आधारमा पार्टी एकता हुने माओवादी पार्टी स्रोतले जनाएको छ ।

यसअघि पनि भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा एमालेले ६० प्रतिशत सिट र माओवादीले ४० प्रतिशत सिटमा चुनाव लडेका थिए । अहिले पनि करिब त्यसैअाधारमा पार्टी एकताको सम्भावना रहकाे छ ।

प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्