कांग्रेस बैठकमा अात्मसमीक्षाको सट्टा आरोप–प्रत्यारोप, देउवा केन्द्रमा


 


काठमाडौं, वैशाख १०
नेपाली कांग्रेसको लामो समयदेखि स्थगित केन्द्रीय कार्यसमितिको बैठक हिजोदेखि बसेको छ । निर्वाचनको समीक्षा बैठकमा नेताहरुबीच पराजयको दोष एक–अर्कालाई थोपर्ने गरि आरोप प्रत्यारोप भइरहेको छ । नयाँ पत्रिकामा खबर छ ।

चैत ९ गतेबाट सुरु भएको समीक्षा बैठक केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि १६ चैतमा स्थगित भएको थियो ।

आइतबार धारणा राख्ने ६ केन्द्रीय सदस्यमध्ये कुलबहादुर गुरुङ र प्रदीप पौडेलले सभापतिदेखि पार्टीको समग्र कार्यशैली प्रभावकारी नहुँदा निर्वाचनमा पराजित हुनु परेको तर्क गरे ।

देवेन्द्रराज कँडेल, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने र बहादुरसिंह लामाले पार्टी पराजित हुनुमा टिकट बाँड्ने संसदीय समितिमा बस्ने सबै दोषी रहेको भन्दै सभापति शेरबहादुर देउवाको बचाउ गरिन् । विश्वकर्माले टिकट लाँदा अंशवन्डा जसरी लगेकाले अहिले विरोध गर्न नसुहाउने बताए ।

समीक्षा बैठक सोमबार बिहान साढे ८ बजे बस्ने गरी डाकिएको छ । अब बढीमा दुई दिनसम्ममा चुनावी समीक्षा बैठक सकाउने तयारी देउवाको छ ।

प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्