३३ किलो सुन काण्डमा पूर्वआर्इजीपी अर्यालमाथि पनि आशंका


 


काठमाडौं, वैशाख १०
दुबईबाट अवैधरूपमा भित्रिएको ३३ किलो सुन काण्डमा पूर्व डीआईजी गोविन्द निरौला पक्राउ परेपछि पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको पनि संलग्नता रहको आशंका गरिएको छ ।

उक्त सुन भरियाका रूपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले सो काण्डमा संलग्न रहेको अभियोगमा पूर्वडीआईजी गोविन्द निरौलालाई आइतबार पक्राउ गरेको छ। समाचार पत्रमा खबर छ ।

उक्त सुन काण्डको अनुसन्धान गरिरहेका गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको टोलीले पूर्वडीआईजी निरौलालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएपछि उनी पक्राउ परेका हुन्।

प्रहरीले छानविन गर्ने क्रममा पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको समेत संलग्नता रहेको आशंका गरेको हो। छानविन समितिले उनीमाथि पनि अनुसन्धान शुरू गरेको छ।

उक्त काण्डमा संलग्न रहेको अभियोगमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण पन्थीलाई पनि प्रधान कार्यालय तानेर छानविन शुरू गरेको छ।

प्रहरीले उक्त सुन प्रकरणमा अहिलेसम्म ४० जनालाई पक्राउ गरेको छ। उक्त सुन काण्डमा संलग्न रहेको आशंकामा प्रहरीले ३८ जनाको सम्पत्ति रोक्का गरेको छ भने २२ जनालाई फरारको सूचीमा राखेर खोजी गरिरहेको छ।

प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्