प्रमुख निर्वाचन आयुक्तको घरमा अज्ञात समूहद्वारा विष्फोट


 


ललितपुर, बैशाख ९
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको ललितपुरस्थित घरमा अज्ञात समूहले विष्फोट गराएका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर २३ मा रहेको यादबको घरमा विष्फोट हुँदा घरको मुल गेटमा क्षति पुग्नुका साथै घरको पर्खाल फुटेको छ।

बिष्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्