ट्राफिक प्रहरीले महिलामाथि एसिड हाने


 


चितवन, वैशाख ९
चितवनको रत्ननगरमा ट्राफिक प्रहरी नायव निरीक्षकले एक महिलामाथि एसिड हानेका छन् ।

इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले सोही ठाउँमा भाडामा बस्ने कल्पना श्रेष्ठमाथि एसिड हानेका हुन् । एसिड महिलाको टाउकोमा परेको प्रहरीले जनाएको छ । उनीहरुबीच चिनजान भएको बताइएको छ ।

घटनापछि खनियाँलाई पक्राउ गरिएको छ भने महिलाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्