नवराज सिलवाल पनि अभिभावक बने


 


ललितपुर, ९ बैशाख । नेपाल प्रहरीका पूर्वडिआइजी समेत रहेका प्रतिनिधिसभाका सांसद नवराज सिलवाल ललितपुरको लेलेस्थित सरस्वती आधारभूत सामुदायिक विद्यालयको अभिभावक बनेका छन् ।सांसद सिलवालले आइतबार  नल्लु ४ का विद्यार्थी अभि तामाङको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गराए ।

सांसद सिलवालले बालकको कक्षा १० सम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने भएका छन् ।नेपाल सरकारको विद्यार्थी भर्ना अभियानकै सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, सांसद तथा विभिन्न संघसंगठनहरुका नेताहरुले समेत बालबालिकालाई बिद्यालय मा भर्ना गरेरअभिभावकत्व ग्रहण गरिरहेका छन।

सरकारले विद्यालय जाने उमेरका वालवालिकाहरुलाई अभियाननै चलाएर विद्यार्थी भर्ना कार्यक्रम संचालन गर्ने गरेको छ ।सांसद सिलवालले आफ्नो निर्वाचन क्षेत्रमा बालबालिकाहरु विद्यालय बाहिर रहनुपर्ने अवस्थाको अन्त्य गर्न अभियानको जरुरी भएको बताए ।

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्