पूर्व डिआईजी गोविन्द निरौला सुन प्रकरणमा पक्राउ


 


काठमाडौं ९ बैशाख,।३३ किलो सुनकै तस्करीमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीले आज पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ ।  साँढे ३३ केजी सुन प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

विमानस्थल प्रहरी प्रमुख रहेका वेला डिआईजी गोविन्द निरौला पनि सुन तस्करीमा रहेको बुझिएको छ । प्रहरीले ३३ किलो सुन प्रकरणमा संलग्नहरुलाई हरेक दिनजसो पक्राउ गरिरहेको छ ।

सुन प्रकरणमा प्रक्राउ पर्ने को यो पक्राउ सगै अनुसन्धानले संगठित रुपमा सुन तस्करीमा संलग्नहरुको संजाल गर्ने हरु को बिस्तारै पोल खुल्दै गईरहेको छ।

डिआईजी गोविन्द निरौला यही चैत २९ मा आइजी प्रकाश अर्याल सँगै उमेर हक को कारण अबकाश पाएका थिए ।

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्