कम्युनिष्ट पार्टी स्थापना दिवसः संयुक्त कार्यक्रममा तनाव (तस्बीरसहित)


 


काठमाडौं, वैशाख ९
कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले आज राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा तनाव सृजना भएको छ ।

संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा माओबादी केन्द्रलाई अन्याय गर्दै व्यानरमा माओ र लेलिनको फोटो नै नराखेको भन्दै माआबादी केन्द्रका कार्यकर्ताले नाराबाजी गरेका छन् । त्यस्तै, व्यानरमा माओवादी केन्द्र हुनुपर्नेमा माके मात्रै लेखिएको भन्दै उनीहरूले विरोध जनाएका छन् ।

त्यसको विरोधमा उनीहरुले केही छिन नाराबाजीसमेत गरेका छन् । अहिल कार्यक्रम स्थगित भएको छ । पुरानो ब्यानर हटाइएको छ । नयाँ ब्यानर लेखेर ल्याएपछि मात्र कार्यक्रम सुचारु गर्ने सहमति पनि अहिले त्यहाँको अवस्था सामान्य भएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्