सुनको मूल्य थप घट्यो, कति छ आज ?


 


काठमाडौं, वैशाख ९
बजारमा आज सुनको मूल्य थप घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५९ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने विहीबारदेखि यथावत नै छ । आज पनि चाँदी सात सय ८० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्