खाजा घरको आवरणमा यौन व्यवसाय, एकै रातमा ३४ जना पक्राउ
काठमाडौँ, वैशाख ९
शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा प्रहरीले यौन व्यवसायमा संलग्न ३४ जना पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग गोंगबुले गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्नेहरुलाई पक्राउ गरेको हो । जसमा १९ पुरुष र १५ महिला रहेका छन् ।
वैशाख महिना नयाँ बसपार्क क्षेत्रलाई मानव बेचबिखन तथा ओसारपसार र यौन दुव्र्यसन नियन्त्रण क्षेत्र बनाउने कार्ययोजनाअनुसार गोंगबुमा अपरेशन थालिएको प्रभागका प्रमुख प्रताप पौडेलले बताए । उनले पक्राउ परेकाको अनुसन्धान भइरहेको र जसमध्ये १२ जनालाई मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए ।
प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार