चितवन राष्ट्रिय निकुञ्जको गाईघाटमा फेरी दुर्लभ पाटेबाघ मृत फेला


 


चितवन,वैशाख ९।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा नजिकै गाईघाटमा फेरी दुर्लभ  वयस्क पाटेबाघ मृत फेला  परेको चितवन राष्ट्रिय निकुञ्जका  सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए। अन्दाजी ३,४ वर्षको जस्तो देखिने पोथी बाघ गएराती अर्को बाघ सँगै जुधेर मरेको अनुमान छ।

त्यसको १५ दिन अघि पनि सोही क्षेत्रमा एउटा बाघ मरेको अबस्थामा  फेला परेको थियो । यो सँगै पछिल्लो २ महिनाको अन्तरालमा मात्रै चितवनमा ४ वटा बाघ मरिसकेको छ ।

अहिले चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक सहित पशु चिकित्सकको टोली बाघको मुचुल्का र पोष्टमार्टमका लागि घटनास्थल पुगेको छ ।लगातार यसरी बाघ मर्न थालेपछि संरक्षणकर्मीहरु र चोरी शिकार नियन्त्रण युवा जागरण  अभियान रत्ननगरकी संयोजक डोमा पौडेल र गाउलेहरु समेत चिन्तित भएका छन्। चोरी शिकार नियन्त्रण भएपनि विभिन्न कारणले बाघ मर्न थालेकाले गम्भिर अनुसन्धान जरुरी रहेको बताउँछिन् ।

 

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्