दशैंसम्म मेलम्चीको पानी खाने सपना अझै अधुरो, फेरि रोकियो काम


 


काठमाडौं, वैशाख ९
आगामी दशैंसम्म मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने काठमाडौं उपत्यकाबासीको सपना अझै अधुरै रहने भएको छ । गत वर्ष नै दशैंमा उपत्यकामा पानी पुर्याउने दाबी गरिएका बेला त्यसको एक वर्षपछि पनि पानी नपुग्ने भएको हो । अन्नपूर्णमा खबर छ ।

ठेकेदारको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा भएन । मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्णरूपमा रोकिएको छ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले पैसा नभएर ठेकेदारले काम रोकेको जानकारी दिए।

आयोजनाको सुरुङ खन्ने काम सकिए पनि ‘फिनिसिङ’ हुन सकेको छैन। अहिलेसम्म ३।६ किलोमिटर मात्र सुरुङ फिनिसिङ’ भएको छ। सुरुङलाई पूर्ण रुपमा ढलान गरेपछि मात्र यसमा पानी पठाउन सकिन्छ।

इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले पैसा अभाव भएपछि एक अर्ब ६५ करोड भेरियसन दाबी गर्दै आएको छ।

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्