एमाले–माओबादी एकताः यसरी पनि खोजिदैछ सहमति


 


काठमाडौं, वैशाख ९
यसअघि निर्वाचनका क्रममा भएका सहमतिअनुसार पार्टी एकता गर्न दवाव परेपछि पर्वसहमतिलाई कार्यान्वयन गर्न एमाले–माओबादी जसरी पनि पार्टी एकता गर्ने तयारीमा जुटेका छन् ।

केन्द्रीय कमिटी संख्या र क्षेत्राधिकार बढाएर भएपनि पार्टी एकता गर्ने कसरत भएको छ । माओवादीका धेरै नेता स्थायी समिति र पोलिटब्युरोमै नपर्ने देखिएपछि विधानमा प्रस्तावित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बढाएर ३ सय ५० जनासम्मको बनाउने प्रयास भइरहेको छ ।

यस्तै, दुवै अध्यक्षमा कार्यकारी अधिकार हुनुपर्ने प्रचण्डको प्रस्तावमा थप छलफल भइरहेको छ । आलोपालोको सहमतिअनुसार ३ वर्षपछि पार्टी र सरकारको नेतृत्व हस्तान्तरणका विषयमा भद्र सहमति हुने गरी छलफल भइरहेको स्रोतले पार्टी स्रोतले जनाएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्