क्याम्पस व्यवस्थापनमा रडाको, १० दिनदेखि क्याम्पसमा ताला
धनगढी, वैशाख ९
कैलालीको धनगढी उपमहानगरपालिका फूलबारीस्थित फूलबारी बहुमुखी क्याम्पसमा व्यवस्थापन समितिको अध्यक्ष चुन्ने विषयले विवाद सृजना गरेको छ ।
नेपाली कांग्रेस फुलवारीका स्थानीय नेता तथा कार्यकर्ताहरुले फुलवारी बहुमखी क्याम्पसमा ताला बन्दी गरेको छन् । क्याम्पस व्यवस्थापन सामितिको बिरोध गदै गत चैत्र २९ गते लगाईएको ताला कुनै सहमतीको प्रयास नै नगरी राति प्रहरी प्रसाशनको बलमा तोडिएको भन्दै फेरी तालाबन्दी गरिएको हो ।
फुलवारी बहुमुखीमा भुवन रिजालको अध्यक्षतामा गठन गरिएको ब्यबस्थापन समिति एकलौटी भएको भन्दै नेपाली कांग्रेस पूmलवारीका स्थानिय नेता तथा कार्यकर्ताहरुले विरोध गर्दै आएका छन् ।
मनोमानी ढंगवाट प्रक्रिया नपुर्याई एकलौटी ढंगवाट क्याम्पस ब्यबस्थापन समिति गठन गरेको भन्दै नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १८ र १९ को कार्य समितिले विरोध गर्दै गत चैत २९ गते तालाबन्दी गरिएको थियो ।
क्याम्पसमा तालाबन्दी भएपछि पढाई प्रभावित भएको छ ।
प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार